Logo

कोरोना संक्रमित संख्यामा तिव्र वृद्धि: वैशाखसम्म २४३, २० जेठमा २०९९



काठमाडौं, २० जेठ । देशमा कोरोना भाइरसको संक्रमित संख्या दुई हजार नाघेको छ । वैशाखको अन्तिम दिनसम्म २४३ कोरोना भाइरसका संक्रमित पत्ता लागेकोमा २० जेठमा आइपुग्दा दुई हजार नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमित थपिएसँगै कुल संख्या २ हजार ९९ पुगेको छ । जसमध्ये पुरुष एक हजार ९ सय ४९ र महिला १४० रहेका छन् ।

वैशाख महिनासम्म कोरोना भाइरसका संक्रमित संख्या सुस्त गतिमा बढेपनि जेठमा आइपुग्दा ह्वात्तै बढेको हो । जेठभर ८ जनाको संक्रमणबाट मृत्यु भएको पुष्टि भइसकेको छ ।

जेठको पहिलो साता कोरोना संक्रमितको गति बढ्दै जाँदा तेस्रो सातामा आइपुग्दा वृद्धिदर निकै बढेको हो । यसरी जेठको २० दिनभित्र १८ सय ५६ जना नयाँ संक्रमित थपिएका छन् ।

देशका कुल ७७ जिल्लामा ६१ जिल्लामा संक्रमित भेटिइसकेका छन् । सबै ७ प्रदेशमा संक्रमित पत्ता लागेका छन् ।



प्रतिक्रिया दिनुहोस्