Logo

लोकसेवाको अन्तरवार्तामा सहभागि हुन कोरोना परीक्षणको रिपोर्ट अनिवार्य



काठमाडौँ २० जेठ : लोकसेवा आयोगले राजपत्रांकित प्रथम श्रेणी, सहसचिवको अन्तरवार्तामा सहभागी हुन कोरोना परीक्षणको पीसीआर रिपोर्ट अनिवार्य गरेको छ।

कार्यक्रममा सहभागी हुने उम्मेद्वारमध्ये काठमाडौँ उपत्यका बाहिर कार्यरत रहेका वा काम विशेषले लकडाउन अवधिमा उपत्यक बाहिर गई आएका उम्मेद्वारहरुले अन्तरवार्ता अगावै आफ्नो कोभिड–९ पीसीआर परीक्षण गराई सोको सक्कल रिपोर्ट आयोगको केन्द्रीय कार्यालयको अन्तरवार्ता तथा सिफरिस शाखामा अनिवार्य बुझाउन सूचना जारी गरेको छ।

यसका साथै, स्वास्थ्य परीक्षण गराउन कुनै कठिनाई आईपरेमा आयोगले सहजीकरण गर्ने जनाएको छ।मेरोलागानी File photo



प्रतिक्रिया दिनुहोस्