Logo

दलित समूदायमाथि हुने विभेदका घट्नाबारे अनुशन्धान गर्न छुट्टै सेल निर्माण गर्न कानून समितिको निर्देशन



काठमाडौं, २० जेठ । प्रतिनिधिसभाअन्तर्गत कानून, न्याय तथा मानवअधिकार समितिले दलित समुदायमाथि हुने विभेदका घटनामा छुट्टै दलित प्रहरीको सेल निर्माण गरी छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । आज (मंगलबार) बसेको समितिको बैठकले गृहमन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । समितिका सभापति कृष्ण भक्त पोख्रेलले नेपाल प्रहरीभित्र महिला बालबालिका सेल भएजस्तै दलितहरुको पनि अलग्गै सेल बनाएर यसलाई संवेदनशिल ढंगबाट अध्ययन अनुसन्धान गर्न र दोषीलाई कडा कारबाही गर्न निर्देशन दिइएको जानकारी दिए ।

सभापति पोखरेलका अनुसार आजको बैठकले पश्चिम रुकुममा मृत्यु हुने सबैमा श्रद्धान्जली अर्पण गर्दै वेपत्ता भएकाको तत्काल खोजी गर्न र घाइतेहरुको उपचार निशुल्क गर्न समेत सरकारलाई निर्देशन दिएको छ । यस्तै उक्त घटनाको निष्पक्ष छानबिन गर्न र अपराधीलाई कारबाहीको दायरामा लयाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्