Logo

सहसचिव बन्न उपत्यकाबाहिर रहेकाले पिसिआर रिपोर्टसहित लोकसेवाको अन्तवार्तामा जानुपर्ने



काठमाडौ, २० जेठ । के तपाईं नेपाल सरकारको सहसचिव बन्न परीक्षा उत्तीर्ण गर्नुभएको छ ? तपाईको रोकिएको अन्तवार्ताको मिति तोकिएको छ । तर, कोरोना भाइरसको संक्रमण नभएको पिसिआर रिपोर्ट लिएर मात्र अन्तवार्तामा सहभागी हुन पाउनुहुनेछ ।

लोकसेवा आयोगले कोरोना भाइरस जोखिमका कारण स्थगित गरेका पुर्व निधारित परीक्षाहरु पुनः सुचारु गर्ने भएको छ । सोमबार बसेको बैठकले सहसचिव वा सो सरहको अन्तरवार्ताको तालिका निकालेको हो ।

लोकसेवाको अन्य परिक्षाहरु भने पहिलेनै सकिएको भएपनि सहसचिवको अन्तरवार्ता भने बाँकी थियो । प्रशासन सेवा तर्फको आन्तरीक प्रतिस्पधातर्फ असार २ देखि १२ गतेसम्ममा अन्तरवार्ता लिने लोकसेवाले जनाएको छ । नेपाल लेखा परिक्षणतर्फको आन्तरिक प्रतिस्पर्धातर्फको अन्तरवार्ता असार १४ मा तोकिएको छ ।

अन्तरवार्ताका उम्मेदवार उपत्यका बाहिरबाट आउने वा लकडाउनमा विशेष कामले बाहिर गई आएकाले कोभिड–१९ पि.सि.आर. परिक्षण गराई सोको सक्कल रिर्पोट आयोगमा अनिवार्य रुपमा बुझाएर मात्र परिक्षामा उपस्थित हुन पाउने लोक सेवा आयोगका सुचना अधिकारी देवी प्रसाद सुवेदीले जारी गरेको सुचनामा छ ।



प्रतिक्रिया दिनुहोस्