Logo

भुवन केसीले चलचित्र विकास बोर्ड अध्यक्षमा बाजी मार्लान् ?



काठमडौं, २० जेठ । अब बस्ने मन्त्रिपरिषद बैठकले चलचित्र विकास बोर्डको अध्यक्ष चयन गर्नेछ । एक दर्जन चलचित्रकर्मी प्रतिष्पर्धामा रहेपनि तीनजना अन्तिम प्रतिष्पर्धामा छानिएका छन् ।

छानिएका नाममध्ये सबैभन्दा चर्चित भुवन केसी छन् । नेपाली सिनेजगतमा चार दशकयता छाइरहेका भुवन यसपटक बोर्ड अध्यक्ष बन्ने दौडमा अग्रपंक्तिमा छन् । उनी संसदको चुनाव अघि नेकपा एमालेमा प्रवेश गरेका थिए । यसलाई निकै महत्वका साथ हेरिएको थियो ।

भुवनसँग अन्य प्रतिष्पर्धी पनि बोर्ड अध्यक्ष बन्ने दौडमा छन् । जसमध्ये वरिष्ठ निर्देशक दयाराम दाहाल र सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापा छन् ।

यसअघि सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले १९ जेठमा तीनजनाको नाम सिफारिस गरेको हो । मन्त्रालयले तीनजनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्