Logo

नाम चलेका व्यापारी जुवाखालमा पक्राउ



काठमाडौं, २० जेठ । प्रहरीले जुवा अखडामा छापा मारी नाम चलेका व्यापारीलाई पक्राउ गरेको छ । उनीहरु लकडाउन भन्दै जुवातास खेलिरहेका थिए ।

प्रहरीका अनुसार ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका कमलादीस्थित रिजेन्सी बुटिक होटलको १०४ नम्बरको कोठामा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं पानीपोखरीका पुरुषोत्तम अग्रवाल, पुतलीसडकका रामचन्द्र सनहाई, बानेश्‍वरका सुरेश अग्रवाल, डिल्लीबजारका नन्द किशोर शर्मा, लाजिम्पाटका अशोक अग्रवाल, पुतलीसडकका गोबिन्द अग्रवाल, सामाखुशीका निकी जोगाई, ललितपुर सानेपाका बिमल खेतान र भक्तपुर मध्यपुर ठिमीका विमल अभुजा रहेका छन् ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले नगद २ लाख ७७ हजार ७ यस ७ रुपैयाँ, क्वाइन १ सय ७९ वटा र ५ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्