Logo

सोती घटनाबारे वर्षाको बोली



काठमाडौ, जेठ २० । नायिका वर्षा सिवाकोटीले अन्याय गर्ने मात्र पाप नभई सहनु पनि अपराध भएको बताएकी छिन् । पश्चिम रुकुमको चौरहजारीमा भएको घटनाले नेपालमा अझैपनि जातियताले स्थान लिएको भन्दै वर्षाले चिन्ता व्यक्त गरेकी छिन् ।

डेढ वर्षदेखि प्रेम सम्बन्धमा रहेका नवराज विकले आफ्नी प्रेमिकालाई लिन गएकोमा गाउँहरुले मिलेर कुटपिट गरी हत्या गरेकोमा खेद प्रकट गरीन् । अन्र्तजातिय प्रेम गरेकै भरमा नवराज लगायत उनका साथीहरुले ज्यान गुमाएको तितो यर्थाथलाई बिर्सन नहुदै भन्दै सत्य तथ्य चाडो बाहिर ल्याएर दोषीलाई कारवाहीको माग गरेकी छिन् । निस्पक्ष छानविनको माग गर्दै पिडीतले न्याय नपाए देशमा भयावह स्थिती आउने भन्दै वर्षाले चेतावनी दिइन् । वर्षाले आज आफ्नो अभिव्यक्तिसहितको भिडीयो सार्वजनिक गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्