Logo

भोली के हुन्छ कसलाई के थाहा –रेखा थापा



काठमाडौ, जेठ २० । नायिका रेखा थापाले भोली के हुन्छ कसैलाई थाहा नहुने बताएकी छिन् । उनले हजार पानाको किताब लेखेपनि भोली के हुन्छ भन्ने बारेमा सबै अनभिज्ञ हुने यर्थाथ बताइन् । मानिसको जीवनमा आउने सबै पलहरु मिठा नभएपनि स्विकार गर्न आग्रह गरिन् ।

रेखाले लकडाउनको समयमा नेपालमा आत्महत्या गर्नेको सख्यामा बृद्धि हुदै गर्दा मरेर नभई बाचेर संघर्ष गर्नुपर्ने हिम्मत राख्नसमेत आग्रह गरिन् । उनले आज फेसबुकमा भावुक हुदै लेखेकी छिन्, ‘हजार पानाको किताब लेखे पनि जिन्दगीको सत्य यही हो कि भोली के हुन्छ कसैलाई थाहा छैन । आजका तिता–मिठा पल स्विकार गर्नु पर्छ । मरेर पनि मुक्त्ती पाईन्छ भन्ने के छ र ? बाचौ, बाचेरै संघर्ष गरौ । ’



प्रतिक्रिया दिनुहोस्