Logo

जेल तोडेर भाग्ने कैदीलाई कुकुरले यसरी रोक्यो



को कसरी नायक सावित हुन्छ भन्न सकिदैन । मानिसमात्र होइन जनावर पनि कामले नायक बन्न सक्ने प्रमाण ग्रीसमा फेला परेको छ ।

एक कैदी जेल तोडेर भाग्न गरेको प्रयासलाई कुकुरले विफल बनाएको छ । ग्रीसमा कोर्फु द्धिपमा केही खंखार कैदी जेलबाट सुरुङ बनाएर भाग्ने कोशिशमा थिए कैदीले ३० मिटर लामो गुफा खनिसकेका थिए । कुकुरलाई लिएर मालिक बिहान हिड्दै थिए जब त्यो ठाउँमा पुग्यो कुकुरले अचम्मको आवाज सुनेर रोकियो ।

कुकुरलाई मालिकले अगाडी हिडाउने कोशिश गर्दा कुकुर हिड्न नमानेपछि मालिकले पनि आवाज सुन्यो र जेलको गार्डलाई सुचना दिए । प्रहरीले चेकजाँच गर्दा सुरुङ भेट्टायो । यसरी कुकुर एकैछिनमा हिरो बन्यो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्