Logo

विशेष परिचय बनाउँदै स्वेता खड्का



काठमाडौ, जेठ २० । नायिका स्वेता खड्काले आफ्नै परिश्रमले आफ्नो परिचय बनाउन सबैमा आग्रह गरेकी छिन् । उनले अरुको नक्कल गरेमा हामी एकदिन अवश्य हराउने छौ भन्दै नयाँ नयाँ आइडिया सिर्जना गरेर अघि बढ्न सल्लाह दिएकी छिन् ।

स्वेता एक संघर्षशील महिला हुन् । जिन्दगीको सबैभन्दा ठुलो पिडा पतिको निधनको अनुभव कलिलो उमेरमा गरेकी स्वेताले विभिन्न अवरोह पार गर्दै अगाडी बढेकी छिन् । उनले हाल व्यवसायको साथसाथै सामाजिक कार्यमा पनि अग्रसर छिन् ।

आफैले सृजना गरेर अघि बढ्नु सहज नभएपनि यस्ले भविष्यमा सम्मान र परिचय प्राप्त गर्न सकिने स्वेताले बताएकी हुन् । आज सामाजिक सञ्जालमा स्वेताले लेखेकी छिन्, “नक्कल गर्यौ भने तिमी हराउँछौ ।” नहराउनको लागि आफैले नयाँ ‘आइडिया’ जन्माउन सक्नुपर्छ । नयाँ आइडिया सहज पक्कै हुन्न, विभिन्न परिक्षणबाट गुज्रिनुपर्ने हुन्छ । तर त्यसले तपाईंको आफ्नै परिचय बनाइदिन सक्छ ।



प्रतिक्रिया दिनुहोस्