Logo

सोती घटनाः भेरी नदीबाट छैंठो शव भेटियो



रुकुम, १४ जेठ । रुकुम पश्चिमको सोती घटनामा भेरीमा वेपत्ता भएका सबै छजनाको शव भेटिएको छ । आज छैंठो व्यक्तिको शव भेटिएपछि छ जनाकै मृत्यु पुष्टि भएको छ ।

वेपत्ता अन्तिम व्यक्ति गोविन्द शाहीको घटनास्थलभन्दा ३५ किलोमिटर तल शव फेला परेको हो । यसअघि पाँच जनाको शव फेला परेको थियो ।

यसअघि पाँचजनाको शव फेला पारिसकिएको छ । जसमध्ये भेरी नगरपालिकाका नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनार, लोकेन्द्र सुनार, भेरी नगरपालिकाका भेरी नगरपालिकाका गोविन्द शाही र सन्दीप विकको शव फेला परेको थियो ।

सोती घटनाको सरकार, मानवअधिकार आयोगले छानविन र प्रहरीले अनुसन्धान गरिरहेको छ ।

१० जेठको शनिबार प्रेमिकालाई बिहे गरी ल्याउने भन्दै घरमै पुगेका नवराज विकसहितको समुहलाई चौरजहारी ८ का गाउँलेले लखेटेर कुटेपछि भेरीमा हामफालेको भनिएकोमा पोष्टपार्टमले चोटहरु देखाएको थियो । प्रहरीको प्रराम्भिक अनुसन्धानबाट भेरीमा हामफालेकालाई ढुंगा वर्षाउन थालेपछि छ जना नदीमा वेपत्ता भएका थिए । सँगै गएकामध्ये पाँच जनाले नदी तरेर ज्यान जोगाएका थिए ।

घटनाको छानविन गर्न प्रहरीले चौरजहारी ८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित स्थानीय डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, वीरबहादुर मल्ल, प्रकाश मल्ल, सन्तोष मल्ल, मोहन पुन मगर, रमेशबहादुर मल्ल, मानबहादुर मल्ल, टोमबहादुर मल्ल र १७ वर्षीया किशोरीलाई नियन्त्रणमा लिएको छ ।

मृतकः जाजरकोट भेरी नगरपालिका ४ का नवराज विक र सञ्जु विक, भेरी नगरपालिका ११ का गोविन्द शाही, गणेश बुढामगर र ११ का लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका १ का टीकाराम सुनार, गोविन्द शाही



प्रतिक्रिया दिनुहोस्