Logo

चीनले भन्यो–सीमा सम्झौताबारे चीनप्रतिको पश्चिमी दृष्टीकोणलाई भारतले रोक्नु पर्छ



एजेन्सी २० जेठ । भारत र चीनबीचको सीमा शान्ति समझौतालाई लिएर पश्चिमी मुलुकको चीन प्रतिको दृष्टीकोणलाई भारतले रोक्नु पर्ने चीनको धारणा सार्वजनिक भएको छ । भारत र चीन दूवै ठूला देश आफ्नो मुद्दा सुल्झाउन सक्षम रहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यी दुई देशको सिमा विवादमा मध्यस्थता गर्ने धारणा आएपछि चीनको धारणा बाहिर आएको हो ।

चीनको औपचारिक धारणा आउने ग्लोबल टाइम्सले पश्चिमी मुलुक भारत संग नजिक रहेको कारण सीमा विवाद मुद्दामा पश्चिमी मुलुकले चासो बढी देखाएको उल्लेख गरेको छ । पश्चिमी मुलुकको नजर भने यस विषयमा निरन्तर रहीआएको देखिन्छ, ग्लोबल टाइम्सले लेखेको छ ।

भारत पश्चिमी मुलुसंग नजिक रहे पनि पश्चिमी मुलुको निती प्रति भारत खबरदार रहेको जनाइएको छ । चीनले पश्चिमी मुलुकको सीमा विवादमा हस्तक्षेपलाई रोक्न भारत सामु निरन्तर आग्रह गरिरहेको छ । पश्चिमी मुलुकले शान्ति भन्दापनि उल्झन पैदा गर्न माहिर रहेको दूवै देशलाई निती स्पष्ट रहेको ग्लोबल टाइम्सले लेखेको छ । पश्चिमी हस्तक्षेपले चीन र भारतबीचको सम्बन्धमा दरार ल्याउन मुख्य भुमिका खेल्न सक्ने चिनियाँ सञ्चारमाध्यममा उल्लेख गरिरहेका छन् । सीमा विवादबारे चाल्ने कदम भारतले स्वयम आफ्नो हित कायम गरी लीन आवश्यक रहेको जनाइएको छ । चीन भने आफ्नो विदेशी नितीलाई स्पष्ट पारेर हिड्न माहिर रहेको दाबी गरिएको छ ।

लदाख क्षेत्रको गल्वान उपत्यकाको सीमा विवाद ताती रहँदा दूवै देशले उक्त क्षेत्रमा गतिविधि तीव्र पारेका छन् । लडाईको कगारमा दूवै देशका सेनाहरु तैनाथ रहेको छ । गल्वान उपत्यकाको लाइन आफ कन्ट्रोल भने स्पष्ट नरहेको कारण उक्त क्षेत्रमा बारम्बार विवाद उत्पन्न भइरहेको छ । यसपटकको सीमा विवाद भारतले योजनावद्व तरिकाले गरेको भन्दै चिनियाँ सञ्चारमाध्यममा उल्लेख गरिएको छ भने चीनले उक्त क्षेत्रमा तीन ठाँउबाट सीमा मिचेको आरोप लगाइरहेको छ । भारतले पनि चीनले सिमा मिचेको आरोप लगाउने गरेको छ ।

दुवै देशबीचको सीमा विवादले विश्वव्यापी हुँदा अमेरिकी राष्ट्रपति ट्रम्पले आफू दूई देशबीचको सीमा विवादमा मध्यस्तरको काम गर्न तयार रहेको जनाएका थिए । ट्रम्पले दिएका अभिव्यक्ति दूवै देशलाई मान्य नहुने समेत स्पष्ट पारिसकेका छन् । ट्रम्पले सीमा विवादमा भारतको पक्षबाट चाल्न खोजेको कदमप्रति भारत गम्भीर भइ आफ्नो उपस्थिती जनाउन पर्नेमा चीनको जोड रहेको छ । अमेरिकाको अमेरिका फस्र्ट निती सित भारत खब।रदार रहेको छ । चीनले उक्त क्षेत्रमा विवादलाई सुल्झाउन आफू तयार रहेको जनाइसकेको छ ।

ग्लोबल टाइम्सले भारतको नेपालसँग पनि सीमा विवाद देखिएको उल्लेख गरेको छ । भारतले चनिप्रतिको हेर्ने दृष्टीकोणलाई पश्चिमी मुलुकले फरक ढंगले पेश गरिरहेको र भ्रमित समेत पारिरहेको चीनको भनाइ रहेको छ । भारतले स्वयम चीनप्रतिको थृष्टीकोणलाई मुल्यांकन गरेर वार्तामा आउन चीनको सुझाव रहेको छ । भारतले वास्तविक चीनलाई पहिचान गर्दै सम्झौता गर्न अगाडी आउन बारम्बार भनिरहेको उल्लेख छ । महामारीको दोष अमेरिकाले बारम्बार चीन प्रति थोपी रहेको छ र सीमाविवादमा समेत चासो लिएकोमा भारतलाई आफ्नो चीन प्रतिको नितीलाई सुधार गर्न आवश्यकता मुख्य विषय रहेको छ ।

अमेरिकाले आफ्नो बर्चस्व कायम गर्न बारम्बार भारतलाई चीनसित कडा रुपमा प्रस्तुत हुन बताइरहेको छ । यसले विवाद भने जटिल हुन सक्ने जनाइएको छ । भारतले आफ्नो कदमलाई स्पष्ट पार्न जरुरी रहेको चनिको ठहर छ । File photo



प्रतिक्रिया दिनुहोस्