Logo

कोरोनाविरुद्व रेमडीसिभिर औषधी भारतमा प्रयोग हुने



एजेन्सी २० जेठ । कोरोनाविरुद्व आपत्तकालिन आवस्थामा प्रयोग गर्न भारत सरकारले रेमडीसिभिर औषधीलाई स्वीकृती दिएको छ । रेमडीसिभिर कोरोनाविरुद्व लड्न पहिलो ट्रायलको रुपमा प्रयोग भएको कारण उक्त औषधीलाई भारत सरकारले मान्यता दिएको हो ।

औषधी कोराना विरुद्व आपत्तकालिन अवस्थामा लड्न प्रभावकारी रहेको कारण औषत्रीले मान्यता पाएको छ । भारतमा महामारीको अवस्था भयवह बन्दै गएको छ । दैनिक हजारौँको संख्यामा मानिसहरु संक्रमित भइरहेका छन् । महामारी प्रति चीनले चालेको कदम प्रभावकारी रहेको र त्यसबाट सम्पूर्ण देशहरुले सिक्नृ पर्ने विश्व स्वास्थ्य संगठनको भनाई रहेको छ । विश्वभर ६२ लाख ७० हजार भन्दा बदी मानिस संक्रमित भइसकेका छन् भने पौने चार लाखको मृत्यु भइसकेको छ । उक्त रोग विरुद्वको खोप भने निर्माण भइसकेको छैन् । सम्पूर्ण देशहरु उक्त भाइरस विरुद्वको खोप निर्माणको प्रक्रियामा छ । File Photo



प्रतिक्रिया दिनुहोस्