Logo

रुकुमपश्चिम घट्ना जातीय नरसंहारको केशमा यो अन्तर्राष्ट्रिय अदालत जान्छ : आहुति (भिडिओसहित)



काठमाडौं, २० जेठ । राजनीतिक विश्लेषक तथा लेखक विश्वभक्त दुलाल ‘आहुति’ले रुकुमपश्चिम घट्नालाई जातीय नरसंहार भएकोले सरकारले दोषीलाई तत्काल कारबाही गर्नुपर्ने बताएका छन् । यदि सरकारले न्याय नदिए यो केश अन्तर्राष्टिय अदालतमा पनि जाने उनको चेतावनी छ । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै आहुतिले भने,’अमेरिकामा घटेको बारेमा यहाँ बोलिसके, रुकुममा ६ जना युवाको ज्यान गैसक्यो, १२ जना घाईते छन् । योजनाबद्ध रुपमा, चारतिरबाट घेरा हालेर, तीन तिरबाट होईन, नदी तरेपछिपनि कुट्न टोली गएर बसेको छ । चारतिरबाट घेरा हालेर दिनदाहाडै मानिसको हत्या गरिएको छ । यो त अन्तर्राष्ट्रिय अदालत जाने केश छ नि यो त । यत्तिकै सुख पाईनेवाला छैन नि यो त । जातीय नरसंहारको केशमा यो अन्तर्राष्ट्रिय अदालत जान्छ । यो त व्यक्तिले व्यक्ति मारेको हो र ? पुलिसको उपस्थितिमा निर्घात कुटपिट भएको छ । पीडितले यो केशलाई
अन्तर्राष्ट्रिय अदालत लिएर जान्छन् ।’

अन्तर्राष्टिय अदालतलाई सम्बोधन गरेर चिठ्ठीसमेत आदानप्रदान भएको उनले जानकारी दिए । उनले भने,’आजै औपचारिक चिठ्ठी आईसक्यो । हामी अध्ययन गर्न थाल्यौं भनेर । यिनीहरुले यहाँ न्यायको दिशामा लाँदैनन् र फेरि पनि यहाँ पहिलाको काण्डहरुजस्तै गर्छन भने त स्वभाविक रुपमै यो त अन्तर्राष्टिय अदालत जान्छ ।’



प्रतिक्रिया दिनुहोस्