Logo

लकडाउन खुकुलो बनाउँछौं, तयारी भैरहेको छ : उद्योगमन्त्री भट्ट (भिडिओसहित)



काठमाडौं, २० जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले लकडाउनले पारेको प्रभावबारे सरकारले गम्भिर समिक्षा गरिरहेको बताएका छन् । आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री भट्टले यस्तो बताएका हुन् । उनले अब नयाँ योजनाका साथ अघि बढ्नेगरि सरकारले गृहकार्य गरिरहेको बताए ।

आफूहरुले लकडाउन सहज बनाउनेगरि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको पनि उनले जानकारी दिए । सबै उद्योग खोल्न दिनुपर्ने, रेड जोनमा कडाई गर्ने र संक्रमण नभएको ठाउँमा आर्थिक गतिबिधि गर्न छुट दिनुपर्ने आफ्नो प्रस्ताव रहेको भट्टले जनाए ।



प्रतिक्रिया दिनुहोस्