Logo

२२ वर्षीया सुत्केरीको हेलिकोप्टरबाट उद्धार



बागलुङ, २० जेठ : बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।

११ दिनअघि गाउँकै स्वास्थ्य चौकीमा सुत्केरी हुनुभएकी पोखरेललाई उच्च रक्तचाप, बेहोस हुने जस्ता समस्या देखिएपछि मङ्गलबार दिउँसो आकस्मिक उद्धार गरिएको हो । राष्ट्रपति मातृ सुरक्षा कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय, प्रदेशको सामाजिक विकास मन्त्रालय र गृह मन्त्रालयसँग समन्वय गरी हेलिकोप्टरबाट पोखरा पठाइएको गाउँपालिका अध्यक्ष मेहरसिँह पाइजाले जानकारी दिनुभयो । पोखरेलको अहिले गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।रासस File photo



प्रतिक्रिया दिनुहोस्