Logo

बन्दिपुर गाउँपालिका एक हप्ता सिल



तनहुँ, २० जेठ । बन्दिपुर गाउँपालिकाले आफ्नो क्षेत्र एक हप्ताको लागि सिल गर्नेे निर्णय गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि बन्दिपुर क्षेत्र जेठ २१ गतेबाट जेठ २७ गतेसम्म पुर्ण रुपमा सिल गर्ने निर्णय गरेको हो ।

जेठ १९ गते बसेको सर्वपक्षिय बैठकको निर्णय अनुसार लकडाउन कडा तथा प्रभावकारी बनाउन एम्बुलेन्स, स्वास्थ्य सेवा, तरकारी र दुध बोक्ने गाडीहरु बाहेकाका सम्पुर्ण बन्द हुने व्यहोरा गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस्