Logo

मनिषा कोइराला मुम्बईबाट स्थलमार्ग हुँदै काठमाडौं आईपुगिन्



काठमाडौं, २० जेठ । चर्चित बलिउड अभिनेत्री मनिषा कोइराला नेपाल आएकी छिन् । उनी मंगलबार रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी हुन् । उनी लकडाउनका कारण भारतको मुम्बईमा थिईन् । कोइराला सपरिवार नेपाल आएको बुझिएको छ । उनी बैशाख १८ गते नै नेपाल आउने कार्यक्रम थियो । तर, लकडाउन लम्बिएपछि उनी हवाईमार्गहुँदै काठमाडौं आउन सकिनन् र आज स्थलमार्ग हुँदै काठमाडौं आईपुगेकी हुन् ।

भारतीय भूमिबाट नेपाल प्रवेश गर्नु पहिले सीमामा स्वास्थ्यकर्मीले अभिनेत्री कोइराला र उनको परिवारको स्वास्थ्य परीक्षण समेत गरेका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले कोइराला सपरिवार बेलहिया नाकाहुँदै नेपाल प्रवेश गरेको पुष्टि गरेका छन् । नेपाल भारत सीमा विवाद चलेका बेला नेपाली राष्ट्रियताका पक्षमा सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले नेपालमा मनिषाले वाहवाही कमाएकी छिन् । FILE PHOTO



प्रतिक्रिया दिनुहोस्