Logo

पुरानै सवारी पास चल्ने



काठमाडौं, २० जेठ । काठमाडौं उपत्यकामा पुरानै सवारी पासले आवतजावत गर्न पाइने भएको छ । आज जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुचना जारी गरी जेठ २ गते देखि जारी भएको नीलो रङको पास नै मान्य हुने जनाएको छ ।

१९ गतेसम्मका लागि जारी गरिएको पास नै लकडाउन अवधिभर मान्य हुने भएकाले नवीकरण गर्न नपर्ने स्पष्ट पारेको छ ।

यसैगरी जिप्रका काठमाडौंले २१ जेठ देखि सवारी पासको निवेदन र प्रमाण खुल्ने कागजात इमेल र फेसबुकार्फत पठाउन सकिने जानकारी दिएको छ । इमेल र फेसबुक तल उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्