Logo

नरबहादुर कार्कीको प्रश्न : साइन बोर्डमा नेकपा भएर के गर्नु ?



काठमाडौं, २० जेठ । चर्चित बौद्धिक नेता नरबहादुर कार्कीले रुकुमपश्चिम घट्नामा नवराज बिकलगायतको जातीय नरसंंहार हुँद्यापनि उक्त घट्नाको विरुद्धमा बोल्ने साहस नेपालका कथित जानकारहरुले नगरेको भन्दै कडा टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत कार्कीले प्रश्न उठाएका छन्,’नवराज बिकलगायतको जातिय नरसंहार, कुमार पौडेलको प्रहरीबाट गरिएको हत्या बिरुद्द बोल्ने सहासको सँग छ र ?’ उनले नेपालका कथित जानकारहरुले त आत्मा र बिवेक धरौटी राखेको पनि टिप्पणी गरेका छन् । र, ती कथित जानकारहरु त पार्टिको आदेश बिना कुहिएको श्वास फाल्न पनि डराउने गरेको उनको भनाई छ ।

हेरौं उनको स्टाटस जस्ताको त्यस्तै :

नेपालमा भन्दा अमेरिकामा समाजवाद छिटो आउछ जस्तो देखियो । ‘युग चेतना’ ठुलो कुरा हो I रातो झन्डा भएका पार्टी कार्यालय भएर के गर्नु ? साइन बोर्डमा नेकपा भएर के गर्नु? यहाँ त एमसिसी पास गराउनु, सुदर्शन, वीरजङ, उमा भुजेल, माइला लामा आदीको बैचारिक स्वतन्त्रताको तेजोबध गर्नुलाई महाभारत जितेको जस्तो गरिन्छ । नवराज बि.क. लगायतको जातिय नरसन्हार, कुमार पौडेलको प्रहरीबाट गरिएको हत्या बिरुद्द बोल्ने सहासको सँग छ र ? धन्न सामाजिक सन्जाल र युटुब छन, नत्र आत्मा र बिवेक धरौटी राखेका कथित जानकारहरु त पार्टिको आदेश बिना कुहिएको श्वास फाल्न डराउछन । बिचरा आवाज बेची सकेका (जानकार) हरुका छोरा छोरीको लागि घरमै बहुत खराब स्कुलिङ । सोच्दा हुन, अन्याय बिरुद्द मौन बस्ने मेरो जस्तो बाबा-आमा कसैलाई नपरुन ।



प्रतिक्रिया दिनुहोस्