Logo

वार्तामा बस्न भारतलाई आग्रह



काठमाडौँ, २१ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नारायणकाजी श्रेष्ठले नेपाल र भारतबीच देखिएका समस्या कूूटनीतिक संवादमार्फत तत्काल समाधान गर्न आग्रह गरेका छन् ।

मङ्गलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले नेपाल र भारतबीच सीमा र असमान सन्धि पुनरवलोकन लगायतका समस्याको समाधान छिटो गर्न आग्रह गरिएको हो । भारत सरकारले विभिन्न पक्षमा नेपाललाई हस्तक्षेप गरेको भन्दै उनले भूमि फिर्ता गर्न आग्रह गरेका छन् ।भारतले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तामा नेपाली भूमि अतिक्रमण गरेको, विभिन्न सीमास्तम्भ उखेलिएको बताउँदै उनले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा समस्या समाधानका लागि वार्तामा बस्न आग्रह गरेका छन् ।

उनले भने, “वार्ता गरौँ, कूटनीतिक संवादका लागि छिटोभन्दा छिटो बसौँ । ऐतिहासिक तथ्९यहरूले पुष्टि गर्ने भूभाग हामीले प्राप्त ग¥यौँ भने मुख्य समस्या हल हुनेछ ।” नेपाल र भारतबीच विभिन्न कालखण्डमा भएका असमान सन्धि सम्झौता पुनरवलोकन गरेर त्यसलाई खारेज गरी आजको आवश्यकताअनुसार प्रतिस्थापन गर्नुपर्ने धारणा उनले व्यक्त गरेका छन् ।

उनले भने, “सन् १९५० को सन्धि पुनरवलोकन गरौँ, पारस्परिक सम्मानमा आधारित नयाँ सन्धिद्वारा प्रतिस्थापन गरौँ ।” प्रबुद्ध व्यक्तिको समूहले तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्रीले बुझ्नुपर्ने भए पनि अहिलेसम्म त्यसलाई बुझ्न अस्वीकार गरेको उल्लेख गर्दै उनले दुवै सरकारको सहमतिमा नेपाल भारतको सम्बन्धलाई नयाँ उचाइ दिने विभिन्न पाँच कार्यादेशसहितको जिम्मेवारी दिइएको भए पनि उक्त समूहको प्रतिवेदन स्वीकार नभएको स्पष्ट पारेका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्