Logo

छुवाछूत समाजको विडम्वना हो : मुख्यमन्त्री गुरुङ



काठमाडौँ, २१ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव–मानवबीचमा जातका आधारमा भेदभाव तथा छुवाछूतजन्य व्यवहार र गतिविधि देखिनु विडम्वनापूर्ण रहेको बताएका छन् ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आज एक सन्देश प्रकाशित गर्दै उहाँले समाजमा अहिले पनि सामन्तवादको अवशेषका रूपमा छुवाछूतजन्य व्यवहार कायम रहेको र यस्तो कुरा रत्तिभर पनि सह्य नहुने स्पष्ट पारेका छन् ।

संवैधानिक र कानूनीरूपमा कुनै पनि प्रकारको छुवाछूत वा भेदभाव गर्न नपाइने एवं सबै प्रकारका छुवाछूत तथा भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा दण्डनीय हुने स्पष्ट व्यवस्था रहेको मुख्यमन्त्रीले स्पष्ट पारेका छन् ।

छुवाछूत नेपालको संविधान, कानून र सामाजिक न्यायसहितको ‘समृद्ध नेपाल स् सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई व्यवहारमा सार्थक तुल्याउने हाम्रो सामूहिक सङ्कल्पका अगाडि खडा भएको साझा चुनौती पनि हो र यसको हामी सामूहिकरूपमा नै सामना गर्नु पर्ने बताएका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्