Logo

दाङमा युएस–३१२ धानको अभाव



काठमाडौँ, २१ जेठ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण बजारमा अत्यधिक माग हुने धानको बीउको अभाव देखिएको छ ।

अहिले दाङ जिल्लामा युएस ३१२ हाइब्रिड धानको बीउ कृषकको रोजाइँमा पर्ने गरेको छ । अन्य धानको तुलनामा छिटो पाक्ने, पानी कम हुने जमिनमा पनि उब्जाउ हुने, उत्पादन पनि स्थानीय जातको धानभन्दा झण्डै दोब्बर बढी हुने हुँदा यो धान कृषकको रोजाइँमा परेको हो ।

कृषकको अत्यधिक माग रहेको यो धानको बीउको अभावले कृषकमा चिन्ता देखिएको छ । “धानको ब्याड राख्ने बेला भइसक्यो तुलसीपुर बजारभर युएस–३१२ हाइब्रिड धानको बीउ खोजेकतै पाइएन”, तुलसीपुर–७ घुसेरीका कृषक टोपबहादुर विकले भने । अझै १२/१५ दिनसम्ममा धानको बीउ बजारमा नआए खेत बाँझै हुने हो कि भन्ने चिन्ता कृषकमा छ ।

त्यस्तै घोराही–६ लखवारकी कृषक सीता नेपालीेले पनि एक हप्ता पहिले बजारमा आएर सम्पूर्ण एग्रोभेट पसलमा धानको बीउ खोज्दा कतै पाएन । उनले भने, “फेरि आजसम्म आयो कि भनेर आएको हुँ, आज पनि पाइएन ।” अरु धान आफ्नो खेतमा सोचेअनुसारको उत्पादन नहुने भएकाले अझै पनि युएस–३१२ कै बीउलाई नै पर्खने उनले बताएका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्