Logo

छोरी बलात्कार गरेको आरोपमा बुबा पक्राउ



कैलाली,जेठ २१ । आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा बुबा पक्राउ परेका छन्। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ५ मा १३ वर्षीया छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा ४५ वर्षीय बुबालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चुरे क्षेत्रको भासु जंगलमा हातखुट्टा बाधेर छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ । उनले यसअधि घरमा समेत पटक पटक करणी गर्दै आएको खुलेको छ ।



प्रतिक्रिया दिनुहोस्