Logo

क्वारेन्टाइनमा रहेका कसैले छुन मानेनन्, एम्बुलेन्समा राख्न नसक्दा ज्यान गयो



डडेल्धुरा, जेठ २१ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा रहेको क्वारेन्टाइनमा मंगलबार राती ज्यान गुमाएकी महिलाको स्वाव परिक्षण भएको छैन् ।

गत जेठ १७ गते श्रीमानसंगै भारतको दिल्लीबाट आएकी उनको गाउँपालिकाकै वडा नम्बर एक मा रहेको असिग्राम आधारभुत विद्यालय रैनाकोट, रुवाखोलामा रहेको क्वारेन्टाइनभित्रै निधन भएको हो ।

मृतक ३० वर्षिय विकको वडा नम्बर दुई २ स्थायी घर भएको र उनी क्वारेन्टाईन बसेको खुलेको छ । राति ११ बजेतिर शौचालय गएर फर्किएकी र सुत्ने स्थानमा पुग्दा एक्कासी रिङ्गटा लाग्ने र जिउ काम्ने गरेको र उनलाई उपचारका लागी एम्बुलेन्स राति १ बजे क्वारेन्टाइनस्थल पुगेको भएपनि एम्बुलेन्सका चालक पनि सुरक्षा सामाग्री प्रयोग नगरेको र अन्य अन्य कसैलेपनि विरामीलाई छुन नमानेकाले एम्बुलेन्समा नराख्दा क्वारेन्टाइनमै मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्