Logo

‘प्राइभेट’ मोडमा ट्रयाकिङ्ग गरेको आरोपमा गुगलविरुद्ध ५ बिलियन डलरको मुद्दा



२१ जेठ : ‘प्राइभेट’ मोडमा ब्राउज गरिरहेको बेला ट्रयाक गरेर प्रयोगकर्ताको गोपनियतामाथि अवैध रुपमा आक्रमण गरेको आरोपमा गुगलविरुद्ध अमेरिकामा मुद्दा दायर भएको छ। यस बापत गुगलसँग कम्तिमा पनि ५ बिलियन डलर क्षतिपूर्ति माग गरिएको छ।

धेरै इन्टरनेट प्रयोगकर्ताहरु यो मान्छन् कि जब उनीहरु ‘प्राइभेट’ मोडमा ब्राउज गर्छन्, उनीहरुको सर्च हिस्ट्री ट्रयाक हुँदैन, तर गुगल भन्छ कि यो त्यस्तो होइन।

गुगलले यसलाई अवैध हो भन्ने अस्विकार गर्छ र भन्छ कि यस मोडमा डाटा संकलन गरिने अग्रिम सूचना दिइन्छ।

मंगलबार सेन जोस, क्यालिफोर्नियाको संघीय अदालतमा मुद्दा दायर गरेको ल फर्म बोइस सेलस फ्लेक्सनरका अनुसार यस मुद्दामा लाखौ मानिसहरु संलग्न छन् जो सन् २०१६, १ जुनदेखि ‘प्राइभेट’ मोडमा ब्राउज गरिरहेका छन्।

गुगल क्रोम ब्राउजरमा रहेको इन्कग्निटो मोडले प्रयोगकर्तालाई आफ्नो गतिविधि ब्राउजर अथवा डिभाइसमा सेभ नहुनेगरी इन्टरनेट प्रयोग गर्ने सुविधा दिन्छ। तर, भिजिट गरिएको वेवसाइटले युजेज ट्रयाक गर्न गुगल एनालाइटिक्स जस्ता उपकरण प्रयोग गर्न सक्छन्।

उजुरीमा भनिएको छ कि ‘गुगलले कम्प्यूटर वा फोनबाट प्रत्येक अमेरिकीको गोप्य र अनाधिकृत डाटा संकलन गर्न जारी राख्न पाउने छैन’।

यसलाई नकार्दै गुगलका प्रवक्ता भन्छन्, ‘हामी प्रत्येक पटक नयाँ इन्कग्निटो ट्याब खोलिँदा स्पष्ट रुपमा बताउँछौँ कि वेवसाइटहरुले तपाईको गतिविधिको बारेमा जानकारी संकलन गर्न सक्षम हुन सक्छ’। मेरोलागानी File photo



प्रतिक्रिया दिनुहोस्