Logo

ओलीले भारतसँग कुरा नगर्ने जनता उचाल्ने गर्नुभयो, अब राजनीतिक दुर्घटना हुन्छ- डा.अमरेश सिंह (अडियोसहित)



काठमाडौं, २१ जेठ । नेपाली काँग्रेसका नेता डा. अमरेश सिंहले प्रधानमन्त्री केपी शर्मा ओली भारतसँग सिमा विवाद समाधानमा वार्ता नचाहेको टिप्पणी गरेका छन् । ओलीले भारतसँग कुरा गर्नेभन्दा जनता उचाल्ने गरिरहेको बताउँदै राजनीतिक दुर्घटनाको ठोकुवा गरे ।

‘प्रधानमन्त्री ओली भारतसँग वार्ता चाहनुभएको छैन, मात्र जनता उचाल्ने गर्नुभयो,’ ऋषि धमलासँग रेडियो एनआरएनमा सांसद समेत रहेका सिंहले भने, ‘अब देशमा राजनीतिक दुर्घटना हुन्छ । उनले कस्तो दुर्घटना हुन्छ स्पष्ट नपारेपनि प्रतिक्षा गर्न भने ।’ देशमा युवाहरु सडकमा आउने र सम्हाल्न नसक्ने बताए । ओलीमा देशको भुमि फिर्ता ल्याउने कुनै मनशायनै नभएको आरोप लगाए । अहिले भइरहेका गतिविधिहरु ओलीको राजनीतिक स्टन्ट मात्र भएको सिंहको आरोप थियो ।

सिमाको समस्या समाधान गर्न भारतसँग वार्ताको विकल्प नभएको बताए । उनले भने, ‘हामी युद्ध गर्न सक्ने सुपरपावर होइनौं, कुटनीतिक तवरले पहल गरी भुमि फिर्ता गर्नुपर्छ ।’ ओलीले देशलाई संकटमा धकेलेको अरोप लगाए ।

देशको नयाँ नक्शासहितको निशान छाप पारित गर्ने संविधान संशोधनमा निशर्त मत दिने सिंहले स्पष्ट पारे । उनले भने, हामी मत दिन्छौं, पार्टीले निर्णय गरिसकेको छ ।

तर, मधेशीसहित अल्पसंख्यकको अधिकार सुनिश्चित हुने संविधान संशोधनमा गर्न दर्ता गरेको विधयेक पनि पारिन हुने दाबी गरे । काँग्रेस सभापति शेरबहादुर देउवाले त्यसका लागि प्रधानमन्त्री ओलीसँग कुरा गर्ने बताए । ओलीलाई लोकतन्त्र र संघीयताको विरोधी भने ।



प्रतिक्रिया दिनुहोस्