Logo

प्रचण्डलाईभन्दा बढि हास्यास्पद कुरा गर्न अरु कसलाई आउँछ र ? : आहुति (भिडिओसहित)



काठमाडौं, २१ जेठ । राजनीतिक विश्लेषक तथा चर्चित लेखक आहुतिले अहिलेको व्यवस्थानै खराब भएको टिप्पणी गरेका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै आहुतिले यस्तो बताएका हुन् । उनले भने,’जनतालाई आफूले लडेर ल्याएको व्यवस्था भएकोले ठिकै होला भन्ने परेको छ । अहिलेपनि प्रचण्ड भनेपछि ग्वारर मान्छे जान्छन्। मान्छेको दिमागमा अनुराग बनिसकेको छ । त्यो भत्किन त टाईम लाग्छ नि । व्यवहारमा जान समय लाग्छ ।’

उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाईभन्दा बढि हाँस्यस्पद कुरा गर्न अरुलाई नआउने भन्दै दाहालको कडा आलोचना गरे । उनले भने,’मान्छे कस्तो हुँदो रहेछ भने जे पनि बोलिदिने हुँदो रहेछ क्या, आफू असफल भईसकेपछि, दिशाहिन भइसकेपछि, नयाँ कुरा गर्ने क्षमता गुमाईसकेपछि मान्छे त्यस्तै त्यस्तै कुरा गर्ने हो । अहिले नै तपाई सुनिरहनुभएको छ नि कृषिमन्त्रीले एउटा कुरा गरिरहने अनि पोखरामा गोलभेडा चाहीँ पुरिरहने। यो त पुरै दलाल पुँजीको खेल हो ।’

आहुतिले प्रचण्डले पार्टी चलाउन नसकेर एकता गरेको पनि गम्भिर आरोप लगाए । उनले भने,’उनीहरुले कम्युनिष्ट आन्दोलनलाई चलाउन नसकेर, पार्टी चलाउन नसकेर एकता गरेका हुन् । त्यसैले एमसीसी पास भएपनि वा नभएपनि नेकपा फुट्नेवाला छैन् ।’



प्रतिक्रिया दिनुहोस्