Logo

भारत चीनबीच लेफ्टिनेन्ट जनरल स्तरमा वार्ताः भारतीय रक्षामन्त्री राजनाथ सिंह



एजन्सी, २१ जेठ । भारत र चीनबीच लदाख सीमा विवादमा नयाँ वार्ताको सुरुवात हुने भएको छ । दूवै देशको लेफ्टिनेन्ट जनरल स्तरबाट सहभागी भई वार्तालाई निरन्तरता दिने भएका हुन् । यस वार्ताको जानकारी भारतीय रक्षा मन्त्री सिंहलाई रहेको उच्च अकिारीहरुको भनाई रहेको छ ।

वार्ता ६ जुनमा हुने निश्चित हुने विषलाई भारतीय रक्षा मन्त्री राजनाथ सिंहले स्पष्ट पारेका छन् । उनले सीमा क्षेत्रमा चिनियाँ तर्फका सैन्य संख्या बढी रहेको समेत जनाएका छ । दूवै देशबीका जनरललाई वार्तामा ल्याइ केही सामारात्मक निशकर्ष आउने संकेत देखिएको छ । उत्पन्न भएको विवादलाई न्यूनिकरण गर्न दूवै देश इच्छुक रहेको भारतीय सञ्चार माध्यमा उल्लेख गरिएको छ । दूवै देशबीचको विवाद लाइन अफ कन्ट्रोल स्पष्ट नरहेको कारण दूवै देशबीचको सीमा विावद तातीएको रक्षा मन्त्री सिंहले जनाएका छन् ।

चिनियाँ गतिविधि तीब्र पारको जवाफमा भारतले समेत आफ्नो उपस्थित तीब्र पारिसकेको रक्षा मन्त्रीले जनाएका छन् । मंगलबार भने सैन्य स्तरमा एक वार्ता भइसकेको इन्डियन एक्सप्रेसमा उल्लेख गरिएको छ । अब हुने वार्तामा लाइन अफ कन्ट्रोललाई स्पष्ट पार्ने र दूवै देशले उक्त क्षेत्रमा अफ्ना सैन्य गतिविधि नगर्ने विषय मुख्य एजेन्डा हुने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्