Logo

‘कोरोना भन्दा लकडाउनले निम्त्याउने भोकमरीको खतरा’



काठमाडौं, २१ जेठ । निजी क्षेत्रले जोखिमको आधारमा लकडाउनको मोडालिटी बनाउन सरकारलाई सुझाव दिएको छ । निजी क्षेत्रले कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिसंगको छलफलमा उक्त सुझाव दिएका हुन् ।

छलफलमा सहभागी विभिन्न पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिले अर्थतन्त्र चलायमान बनाउनेबारे तत्काल नसोच्ने हो भने कोरोना भाइरसले निम्त्याउने समस्या भन्दा भोकमरीको समस्या विकराल हुने भन्दै जोखिमको आधारमा उद्योग सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

लकडाउन लम्बिँदै गएपछि उत्पादन, बजारीकरणमा सहभागी मजदुर, लगानीकर्ता सबै प्रभावित भएको निकर्ष निकाल्दै व्यवसायीले लकडाउन खुकुलो पारेर क्षेत्रगत वर्गीकरण गरी उद्योग खोल्ने वातावरण मिलाउन सुझाव दिएका छन् । उनीहरुले जोखिमको तह र क्षेत्रलाई वर्गीकरण गरी विस्तारै लकडाउन खुकुलो बनाउँदै अर्थतन्त्रलाई चलायमान बनाउनु पर्नेमाख जोड दिएका थिए ।

सरकारले पछिल्लो पटक जेठ ३२ गते सम्म लकडाउन थपेको छ । यस बीचमा लकडाउनको मोडालिटी परिवर्तन गरी असार देखि नयाँ मोडालिटीमा जाने गरी तयारी थालेको हो । त्यस क्रममा मंगलबार निजी क्षेत्रसंग उच्चस्तरीय समन्वय समितिले छलफल गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्