Logo

कांग्रेसले भन्यो : ‘जेठ २५ गतेभित्र कर तिर्ने तागेताको भद्र अवज्ञाको विकल्प छैन’



काठमाडौं, २१ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकराले यही जेठ २५ गतेभित्र विभिन्न कर तिर्नुपर्ने भनेर गरेको ताकेताको भद्र अवज्ञा गर्नुको विकल्प नभएको स्पष्ट पारेको छ । उसले सरकारलाई कर तिर्ने ताकेता फिर्ता लिन र समायवधि थप्नसमेत आग्रह गरेको छ । सभापति शेरबहादुर देउवाको नाममा जारी विज्ञप्तीमार्फत कांग्रेसले जेठ २५ गतेभित्रै कर तिर्न सरकारले गरेको ताकेताको भद्र अवज्ञा गर्नुको विकल्प नभएको बताईएको छ ।

देउवाको नाममा जारी विज्ञप्तीमा भनिएको छ,’साना-ठूला व्यवसायीले लकडाउनका कारण भोगिरहेका चूनौतिलाई नजरअन्दाज गरेर आन्तरिक राजस्व विभागमार्फत नेपाल सरकारले जेठ २५ भित्र विभिन्न कर चुक्ता गर्न गरेको ताकेताप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरपूर्वक आकृष्ट भएको छ । व्यवसायीहरुले भोग्नु परेको व्यवसायिक जटिलतालाई सहजीकरण गर्न आवश्यक नीति निर्माण गर्ने र राहतको विविध योजना ल्याउने दायित्व सरकारको थियो । प्रतिपक्षको पटकपटकको आग्रहका बावजुद राहतको न्यायोचित प्रवन्ध गर्न सरकार विलकुल गम्भीर भएन । तर लकडाउन भएको अढाई महिना पुग्न लागेको र हाल जेठ ३२ गतेसम्म कायमै रहेको स्थितिकाबीच कर तिर्न ताकेता गर्नु भनेको सरकारले बजारको स्थ्तिि बुझेरपनि बुझपचाउनु र नागरिकको पीडाप्रति असंवेदनशील बन्नु हो ।]



प्रतिक्रिया दिनुहोस्