Logo

नेपालमा चक्रवात ‘निसर्ग’को प्रभाव यस्तो प्रकारको हुने (सूचनासहित)



काठमाडौँ २१ जेठ : भारतको मुम्बईमा आउने चक्रवात ‘निसर्ग’को नेपालमा अंशिक प्रभाव पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मुम्बाईमा बुधबार चक्रवात ‘निसर्ग’को प्रभाव पर्ने जनाइएको छ। चक्रवातको प्रभावले आगामी ३ दिन मुलुककका विभिन्न स्थानहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज (जेठ २१ गते) दिउँसो प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ७ का केही स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको छ भने भोलि (बिहीबार) र पर्सि (शुक्रबार) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। भारत र बंगलादेश भने निसर्ग चक्रवातको उच्च जोखिममा रहेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्