Logo

कर बुझाउने म्याद थप, ७ असारभित्र तिर्नसक्ने सम्भव होला ?



काठमाडौं, २१ जेठ । चौतर्फी विरोधपछि सरकारले कर तिर्ने म्याद थपेको छ । यसअघि २५ जेठसम्म तिर्नुपर्ने गरी आन्तरिक राजश्व विभागले सुचना जारी गरेकोमा आज फेरि डिजिटल सुचनामार्फत् म्याद थपेको हो ।

नयाँ म्याद अनुसार ७ असारभित्र मूल्य अभिवृद्धि कर र अन्तशुल्क तिर्नुपर्ने भनेको छ । देशमा लकडाउन भइरहँदा २५ जेठभित्र कर तिर्न सुचना जारी गरेपछि धेरैले हाँस्यास्पद भनेका थिए ।

नेपाली काँग्रेसले कर नतिरी भद्र अवज्ञा गर्न आव्हान समेत गरेको थियो । लकडाउनमै कर तिर्न सरकारले ताकेता गर्नुलाई आर्थिक संकट जटिल भएको रुपमा लिइएको छ ।

लकडाउनको अवधि ३२ जेठसम्म रहेकाले ७ असारसम्म म्याद थप गर्नुलाई लकडाउन खुकुलो गर्न लागिएको अनुमान गर्न थालिएको छ । कर संकलनकै लागि भएपनि सरकारले लकडाउन खुकुलो बनाउने विश्वस्त स्रोतले जानकारी दिएको छ । तर, ७ असारभित्र कर तिर्न सक्ने उद्दोगी व्यवसायी धेरैको हुत्ति देखिदैन । उद्दोग व्यवसाय लकडाउनले बन्द हुँदा उद्दोगी व्यवसायी तलब दिन समेत नसकिरहेका छन् ।-File Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्