Logo

नेपालमा आजसम्म २७८ जनाले कोरोना जिते



काठमाडौं, २१ जेठ । नेपालमा आजसम्म २ दुई सय ७८ जनाले कोरोना संक्रमण जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराएको जानकारीअनुसार आजसम्म कुल डिस्चार्ज हुनेको संख्या २७८ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ जना डिस्चार्ज भएका हुन् । त्यसरी डिस्चार्ज हुने १२ जनामा ८ जना जनकपुरबाट, टेकु, बलम्बु, शिक्षण अस्पतालबाट ए एक जना र बुटवलबाट ४ जना रहेका छन् । डिस्चार्ज भएका दुई सय ७८ जनामा २२२ जना पुरुष र ५६ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्