Logo

कोरोना ग्रसित मुंबईमा चक्रवात ‘निसर्ग’को प्रभाव, १२९ वर्षपछि चक्रवातको सामना गर्दै



२१ जेठ : भारतको वित्तीय राजधानी मुंबईका अधिकारीहरु एक ठूलो आँधीबेहरीको प्रतिक्षा गरिरहेका छन् जुन बुधबार बिहानदेखि यसको तटमा देखा पर्ने अनुमान गरिएको छ।

चक्रवात निसर्ग भारतको पश्चिमी तटमा महाराष्ट्र शहर नजिकै आउने बताईको छ। यसबाट छिमेकी राज्य गुजरात पनि प्रभावित हुने सम्भावना छ।

दुबै राज्यहरुमा भारतको राष्ट्रिय आपदा राहत बल खटाइएको छ। चक्रवात अंपुन भारतिय पूर्वी तटबाट गएको दुई हप्तापछि आएको हो। अंपूनका कारण पूर्वी भारत र बंगलादेशमा ८५ जनाभन्दा बढीको मृत्यु भएको थियो।

चक्रवात आउनुभन्दा अगाडि नै भारतमा भारी वर्षा, बतास र छालहरु अनुभव गरिरहेको छ। आँधीबेहरीको सही मार्ग स्पष्ट हुन केही समय लाग्ने भएपनि मौसम अधिकारीहरुले यो सिधै शहरमा पुग्न सक्ने सम्भावना रहेको बताएका छन्।

मुम्बाईले १२९ वर्षपछि यस्तो शक्तिशाली चक्रवातको सामना गर्न लागेको बताइएको छ। यस अघि मुम्बाईले सन् १८९१ मा यस्तो चक्रवातको सामना गरेको थियो।मेरोलागानी



प्रतिक्रिया दिनुहोस्

Screenshot