Logo

कोरोनाबाट त्रिवि शिक्षण अस्पतालमा एक व्यक्तिको मृत्यु



काठमाडौँ २१ जेठ  : कोभिड १९ बाट नेपालमा थप एक व्यक्तिको मृत्यु भएको छ । दोलखा घर भएका ७६ वर्षीय पुरुषको त्रिवि त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो। ७६ वर्षीय पुरुष १३ जेठमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएको र हेमोरेजिक स्ट्रोक भई शल्यक्रिया गरी १५ जेठमा कोरोना संक्रमण पुष्टि भएपछि टिचिङ अस्पताल महाराजगञ्ज लगिएको थियो ।

उपचारका क्रममा उनको २१ जेठमा टिचिङ अस्पतालमै मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित बिर्फ़िङ्ग अनुसार आज मात्र २ सय एक जना नयाँ संक्रमित थपिएका छन् । नेपालमा कुल संक्रमित संक्रमितको संख्या २३ सय पुगेको छ भने मृत्यु हुनेको संख्या ९ पुगेको छ। File photo



प्रतिक्रिया दिनुहोस्