Logo

मारवाडी जुवाडेलाई सम्पत्ति शुद्दीकरण मुद्दा



सोमबार कमलादीस्थित जुवाखालबाट समातिएका ९ मारवाडीमाथि सम्पत्ति शुद्धिकरण मुद्दा पनि लाग्ने भएको छ ।

अहिले उनीहरू जुवा ऐनअन्तर्गत ५ दिन म्याद थपिएर दरबारमार्ग प्रहरी हिरासतमा राखिएका छन् । ९ मध्ये आज मंगलबार ५ को बयान सकिएको छ । सबैले बयानमा पारिवारिक र व्यक्तिगत जमघटमा सामान्य रमाइलोका लागि तास खेलेको बताएका छन् ।

पक्राउ परेलगत्तै उच्च राजनीतिक दबाबका कारण उनीहरूलाई प्रहरीले सोमबार नै हाजिर जमानीमा छोड्न खोजेको थियोे । तर, सरकारी वकिलको कार्यालयले मानेन । …हामी लकडाउन नभनी सधैं अफिस आउने, पैसावाल मान्छेलाई चाहिँ हाजिर–जमानीमा किन छड्ने <Ú एक सरकारी वकिल प्रहरीसँग कड्किए ।

त्यसपछि यी मारवाडी थुनुवाहरु अहिले दरबारमार्ग प्रहरी बृत्तस्थित अधिकृत क्वार्टरमा बसेर हिरासत अवधि गुजार्दैछन् । उनीहरूका लागि घरबाट ल्याइएको ‘मारवाडी भोजन’ त्यहाँका प्रहरीले पनि बाढचुढ गरेर खान्छन् ।

क्वाइन आफ्नै 

बुटिक होटलमा जुवा खेलाउने गणगोर स्वीट्सका सञ्चालक निकी जोगाईले क्यासिनोमा प्रयोग हुने क्वाइन आफैंले किनेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले बरामद क्वाइन कुनै क्यासिनोले उपलब्ध गराएको हुनसक्ने आशंका गर्दै अनुसन्धान गरेको थियो ।

शुद्धिकरण मुद्दा 

पक्राउ परेकामध्ये केही व्यापारीले सम्पत्ति शुद्धीकरण ऐनअनुसारको मुद्दा पनि बोक्ने भएका छन् ।

पक्राउ परेकामध्ये रामचन्द्र संघाई एनआइसी एसिया बैंकका प्रमोटर हुन् । त्रिवेणी ग्रुपसम्बद्ध संघाई कपडा र टेक्सटायल व्यवसाय पनि हेर्ने गर्दछन् । उनीमाथि सर्वसाधारण निक्षेपकर्ताको बैंक मौज्दात जुवा खेलेर उडाएको आरोप लागेको छ । यसबाहेक त्रिवेणी ग्रुपका कर मामिला गञ्जागोल छ । सम्पत्ति शुद्धीकरण आकर्षित हुनेका अर्का पात्र हुन्, गोविन्द सरिया

उनी झापाको एक प्रतिष्ठित चिया बगानका सञ्चालक हुन् । उनीमाथि हुण्डी कारोबारको आरोप लाग्दै आएको छ । सरियालाई जोगाउन पूर्वतिर घर भएका एक भूपू आइजिपी पनि सक्रिय छन् ।यस्तै, विशाल ग्रुपसम्बद्ध अशोक अग्रवाल पनि सम्पत्ति शुद्धीकरणमा पर्ने प्रहरीस्रोतले जनाएको छ । उनी उक्त ग्रुपका मुख्य सञ्चालक त्रिलोक अग्रवालका भतिजा हुन् ।

विशाल ग्रुप नेपालमा नगदको कारोबार गर्ने सबभन्दा ठूलो व्यापारिक समूह हो । यसले विशेषतM आयात व्यवसाय गर्दछ ।  नेपालमा गार्मेन्ट व्यवसाय फस्टाएको समयका चल्तापुर्जा मानिने सुरेश अग्रवाल पनि सोमबार खालबाट समातिएका छन् ।

अहिले उनी कपडाको व्यापार गर्छन् । पछिल्लो समय चर्चामा आउने गरेको मेरियट होटलका मालिक सुमित अग्रवाल सुरेशका नातेदार हुन् । सम्पत्ति शुद्धीकरणमा तानिने अर्का मारवाडी हुन्, नन्दकिशोर शर्मा । नेपालमा छोटो समयमा धेरै फस्टाएको ज्योति लाइफ इन्स्योरेन्स उनै नन्दकिशोरको हो ।

अर्का छन्, पुरुषोत्तम घिरैया । कपडा व्यवसायका अग्रणी मानिने श्यामसुन्दर घिरैयाका भाइ हुन्, पुरुषोत्तम । जुवा खेलाउने निकी जोगाई पनि सम्पत्ति शुद्धीकरणमा पर्दैछन् ।

पुतलीसडकमा १५ वर्ष मिठाई बेचेर कमलादीमा बुटिक होटलदेखि काठमाडौंमा अर्बौंको कारोबारमाथि प्रश्न उठाएर मुद्दा चलाउन लागिएको स्रोतले जनाएको छ । निकी भारतीय नागरिक हुन् ।-जनआस्थाबाट



प्रतिक्रिया दिनुहोस्