Logo

नेपाल फर्किनेहरुलाई पाँच ठाउँका होटलमा राखिने



काठमाडौँ २१ जेठ : कोरोना भाइरसका कारण विदेशबाट फर्किन लागेका नेपाली नागरिकहरुलाई ५ ठाउँका होटलमा राखिने भएको छ । पहिलो चरणमा नगरकोट, धुलिखेल, पोखरा, चितवन र भैरहवाका होटलहरुमा राखिने तयारी भएको होटल एशोसियसन अफ नेपाल (हान) ले जनाएको छ ।

यद्यपि कुन कुन होटलमा राख्ने भन्ने निर्णय भने भइनसकेको हानका उपाध्यक्ष विनायक शाहले मेरो लगानीलाई जानकारी गराए । उनले भने, हामी त्यस विषयमा अझै छलफल गर्दैछौं । कुन कुन होटलमा राख्ने भन्ने कुराको निर्णय भएको छैन् ।’

‘स्वास्थ्यको कुरा छ । हामीले प्रोटोकल मिलाउनु पर्छ । हाम्रो कर्मचारीहरु लगायतको स्वास्थ्य संरक्षण कसरी गर्ने ? भन्ने विषयमा छलफल हुनै बाँकी छ ।’ उनले भने । यस बिषयमा रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समिति र हानका पदाधिकारीबीच मंगलबार छलफल भएको थियो ।

विदेशबाट आएका नागरिकहरुलाई क्षेत्रगत हिसावमा उनीहरुलाई नजिक पर्ने ठाउँमा राखिने गरी तयारी भइरहेको स्रोतले जनाएको छ । हानका अनुसार पहिलो चरणका लागि पर्यटन मन्त्रालयले १० हजार बेड माग छ ।

होटलमा बस्नेहरुले होटलको खर्च भने आफैले बेहोर्नुपर्ने छ । होटलहरुमा बस्न एक जनाको लागि ३ हजार र दुई जनाका लागि प्रति व्यक्ति २ हजार रुपैयाँ निर्धारण गरिएको छ ।मेरोलागानी File photo



प्रतिक्रिया दिनुहोस्