Logo

कोरोना परिक्षण, क्वारेन्टाइन र डिस्चार्जको विवरण यस्तो छ



जेठ २१, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल २ लाख ६ सय ४६ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हालसम्म ८० हजार २ सय ६७ जनाको पिसीआर परीक्षण र १ लाख २० हजार ३ सय ७९ को ¥यापिड अर्थात आरडिटी टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ४ हजार ९ सय २४ वटा पिसिआर परिक्षण भएको छ भने आरडिटी विधिबाट ४ हजार ३४ वटा परिक्षण भएको छ । दुवै विधि गरेर पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ५८ वटा परीक्षण भएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा झण्डै तीन हजार धेरै हो ।

अहिलेसम्म प्रदेश एकमा १२६४२, प्रदेश दुईमा ७३३१, बागमति प्रदेशमा २५,९३३ गण्डकी प्रदेशमा ९१५१, प्रदेश पाँचमा २६,७४४, सुदूरपश्चिम प्रदेशमा २३ हजार ७ सय ३३ र कर्णाली प्रदेशमा १४,८४५ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा १ लाख ५५ हजार ८ सय ६८ जना रहेका छन् । तिमध्ये प्रदेश एकमा ३८००, प्रदेश दुईमा २२,७०२, बागमित प्रदेशमा ३२२७, गण्डकी प्रदेशमा ४४७०, प्रदेश पाँचमा ४१ हजार ६ सय ८३, कर्णाली प्रदेशमा ३०,१६६ र सुदुर पश्चिम प्रदेशमा ४९,८२० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

त्यसैगरी अहिलेसम्म २ सय ७८ जना उपचार पछि निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेहरुमध्ये प्रदेश एकमा ४८, प्रेदशमा दुईमा १०९, बागमति प्रदेशमा ३१, गण्डकी प्रदेशमा ३, प्रदेश पाँचमा ८० र सुदुरपश्चिम प्रदेशमा ७ जना रहेका छन् । पुरुष २ सय २२ र महिला ५६ जना उपचारपछि निको भएर घर फर्किएका हुन् । पछिल्लो २४ घण्टामा १२ जना निको भएर घर फर्किएका हुन् ।



प्रतिक्रिया दिनुहोस्