Logo

मोटरसाइकल चोर्दाचोर्दै पक्राउ



काठमाडौं, २१ जेठ । मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा दिपेश गुरुङ मंगलबार दिउँसोे पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका डल्लुस्थित पार्किङ गरी राखेको बा.८१ प ४०८३ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा धादिङ्ग त्रिपुरा सुन्दरी गाउँपालिकाका हाल काठमाडौं सितापाईला बस्ने गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले गुरूङलाई उक्त मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्