Logo

कोदालो प्रहार गरी हत्या गर्ने पक्राउ



कपिलवस्तु, २१ जेठ । कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा रामलौटन चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका हर्नामपुरका श्यामनाथ तिवारीलाई कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा बाणगंगा नगरपालिका कोपुवाका चौधरीलाई पक्राउ गरेको हो ।

सामान्य बिवाद कारण चौधरीले कोदालो प्रहार गर्दा तिवारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपरा र अस्थायी प्रहरी पोष्ट जहदीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्