Logo

भावुक भइन् रेखा थापा



काठमाडौ, जेठ २१ । नायिका रेखा थापाले आफ्नो अभिनयमार्फत धेरैको मन जित्न सफल भइन् । तर उनले राजनितिमा धेरैको मन जित्न नसकेपनि उनी निकै हिम्मतवाली चाहिं हुन् । पछिल्लो समय चलचित्र, राजनिति र सामाजिक सेवामा अग्रसर भएकी रेखाले अरुको मन जित्न सजिलो भएको बताएकी छिन् । उनी लाखौ दर्शकको मन मुटुमा बसेर नेपाली चलचित्र जगतमा एक समय एकछत्र राज गर्न सफल भएकी थिइन् । लाखौ दर्शकलाई आफूतर्फ आकर्षित गरेकी रेखाले वैवाहिक सम्बन्धलाई भने सहज बनाउन सकिनन् ।

रेखाले आफ्नो मनलाई आफ्नो बनाइराख्न निकै महंगो पर्ने फेसबुकमा उल्लेख गरेकी छिन् । आज उनले भावुक हुदै लेखेकाी छिन् , ‘अरुलाई आफ्नो बनाउन सजिलो छ । तर आफुलाई आफ्नो बनाइराख्न जुन मुल्य तिरे पनि महँगो पर्दैन ।’



प्रतिक्रिया दिनुहोस्