Logo

कोरोनाविरुद्व रेमडेसिभिर नामको औषधी नयाँ आशाको किरण



कोरोनाविरुद्व प्रभावकारी मानिएको रेमडिसिभिरलाई केही दिन अघि अमेरिकी सरकारद्वारा रद्द गरिएको थियो । तर पुनः उक्त औषधी कारोनाविरुद्व प्रभावकारी मानियो भन्ने विषय उजागर भएको छ ।

औषधी सर्वप्रथम डा. जर्ज डियाजको सोचबाट उत्पादित औषधी हो । यसलाइै सार्स र मार्स जस्ता घातक रोग विरुद्व प्रयोग गरिएको थियो । उक्त औषधी प्रभावकारी सावित भयो । यसलाई सम्पूर्ण देशहरुले अनुसन्धान गर्न थाले केही दिन पछिको यात्रामा इबोलाले विश्वलाई चपेटमा पार्यो र इबोलाविरुद्व उक्त औषधी प्रभावकारी सावित भएन कम्पनीहरुले लगानी गर्न बन्द गर ।

सन् २०२० को सुरुवातमा चीनको उहानबाट फैलिएको कोरोना भाइरसले गति लिन थाल्यो । दिन प्रति दिन अवस्था गम्भीर हुँदै गयो रोक थाम र नियन्त्रण गर्न चीनलाई गाह्रो भयो । चीनबाट सुरु भएको भाइरसले विश्व नै आतंकीत गर्न थाल्यो । अवस्था झन् जटिल बन्दै गयो ।

अमेरिका समेत प्रभावित हुन पुग्यो । सार्स र मार्स जस्तै प्रकारको तर नयाँ रुपमा देखा परेको भाइरसलाई अ‍ेमरिकी डा. डियाजले आफ्नो हिसाबले पहिलो केस हातमा लिँदा उनलाई उपचार कसरी गर्न विषय अन्यौल रह्यो । उनले सार्स र मार्स जस्तो लक्षण मेल खाएको कारण उनले रेमडिसिभिर औषधीलाई प्रयोग गर्न निर्णय गरे र प्रयोगमा समेत उनले ल्याए । पहिलो कोरोना संक्रमित मानिसलाई उनले औषधी दिँदा संक्रमितमा छिट्टै असर देखाएन र उनी निराश भए विना निश्कर्ष घर फर्के र औषधी प्रभावमारी नरहेको भन्दै चिन्तित पनि भए । उनी आएको केही समेय पछि बिरामीकोे अवस्थालाई सोध्दा संक्रमित मानिसको तापक्रममा र कफमा सुधार आएको थाहा पाए । उनी निकै खुशी भएको व्यक्त गरे ।

औषधीले त्यसपछि स्वीकृती समेत प्राप्त गर्न सफल रह्यो । प्रभावकारी औषधीले काम गरेको भन्दै चिनियाँ कम्पनी जीलीडलाई निर्यात गर्न आग्रह गरे । जीलीडले उक्त औषधीको पुनः अध्ययन गर्यो । नतिजा साकारात्मक देखियो । ठूला कम्पनीहरुले यसको निर्माणमा तीब्रता दिएको । चीनको बढ्दो संक्रमणलाई रोक लगाउन यसले प्रभावकारी भुमिका खेलेको जनाइएको छ । त्यस विषयलाई मध्येनजर राखी भारत, दक्षिण कोरिया जापान जस्ता देशहरुले उक्त औषधी प्रभावकारी रहेको भन्दै अनुमति दिएका छन् । जीलीडले निर्माण गर्दै निर्यातमा समेत जोड दिएको । मे को अन्तिम सम्ममा लाखौँ मानिसले प्रयोग गर्ने गरी निर्माण गरिरहेको छ । जीलीडले औषधीको रकम न्युन र सर्वसाधारणको पहुँच सम्म पुग्ने गरी निर्धारण गर्ने जनाएको छ । रेमडिसिचिरबाहेक कुनै औषधी कोरोना विरुद्व लडेत प्रभावकारी भएको छैन् । बढ्दो संक्रमणलाई रोक्न यसको उत्पादनमा कम्पनीले जोड दिएको छ । File photo



प्रतिक्रिया दिनुहोस्