Logo

कोरोना भाइरविरुद्ध सस्तो मुल्यको यो औषधी आउनसक्ने, परीक्षणबाट वैज्ञानिकहरु उत्साही



एजेन्सी, २१ जेठ । कोरोना भाइरसविरुद्ध खोप र औषधीको विकास तिव्र गतिमा भइरहेको छ । प्रतिष्पर्धामा धेरै कम्पनिहरु छन् । यस्तै एउटा औषधी परीक्षण भएको छ जसबाट वैज्ञानिकहरु उत्साही भएका छन् ।

इबुप्रोफन औषधीलाई कोरोनाविरुद्व परिक्षण गरिएको छ । सेन्ट थोमस, किंग्स कलेजले उक्त औषधीको प्रतिरक्षा गर्ने क्षमतामाथि विश्वास गर्दै प्रयोगमा ल्याएको हो । औषधीले कोरोना संक्रमितको श्वासप्रश्वासलाई आफ्नो गतिमा चल्न मद्दत पुर्याउने विश्वास वैज्ञानिकहरुको रहेको छ ।

औषधी प्रभावकारी भएमा कोरोनाविरुद्व लड्न न्युन खर्च लाग्ने र भेन्टीलेटरको आवश्यकता नहुने वैज्ञानिकहरुले विश्वास लिएका छन् । परिक्षण अवधिमा इबुप्रोफनलाई कोरोना संक्रमितको चलिरहेको उपचारमा उक्त औषधीलाई थप गर्ने गरी सुरुवात हुने जनाइएको छ । यसलाई ट्याबलेटको प्रकारमा नभइ फरक प्रकारले निर्माण गरी बजारमा ल्याइने छ ।

कोरोना संक्रमित मानिसले यसलाई सजिलै किन्न पाउन गरी उपलब्ध हुने गरी बिक्रि गरिने छ । कोरोना भाइरसले मुख्यतय श्वासप्रश्वासमा बाधाँ पुर्याउने भएको कारण उक्त औषधीलाई प्रयोग गरिने जनाइएको छ । वैज्ञानीकहरुको उक्त भाइरस प्रतिको साकारात्मक अुनमानलाई प्रमाणीत गर्ने प्रयोगमा ल्याउने भएको छ । फ्रान्सका स्वास्थ्य मन्त्री ओलिभर भेरानले इबुप्रोफन र सिटामोल प्रयोग गरेमा पैभावकारी हुने विषयलाई सार्वजनिक गरेपछि इबुप्रोफनलाई परिक्षण गरिने छ । साथै पारासिटामोलले संक्रमित मानिसको शारीरीक तापक्रमलाई न्युन गर्न प्रभावकारी हुने समेत जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्