Logo

रुसको साइबेरियामा २० हजार टन डिजेल चुहिएपछि संकटकाल घोषणा



एजेन्सी, २१ जेठ । रुसको क्रासनोयार्कसमा २० हजार टन डिजेल चुहिएको छ । एकै ठाउँमा यति ठुलो परिमाणमा तेल चुहिएपछि त्यहाँ संकटकाल घोषणा गरिएको छ ।

नोरिलस्कको ऊर्जा प्लान्टमा भएको डिजेल ट्यांकबाट चुहावट भएको रुसी समाचार संस्था तासले जनाएको छ । यसको जानकारी सामाजिक सञ्जालबाट आएको थियो । उक्त इलाकाका अधिकारीहरुले समयमै जानकारी नगराएको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन असन्तुष्ट भएका छन् । उनले तत्काल संकटकाल घोषणा गरेका छन् ।

पूर्वी साइबेरियाको क्रासनोयार्कस क्षेत्रमा केही दिन अघि तेल चुहिंदा प्यासिनो तासमा समेत असर गरेको छ । तेल पोखिएको स्थानमा सवारी पुग्दा आगलागी भएको थियो ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्