Logo

लकडाउनले यौनकर्मीले ग्राहक नभेटेपछि भोकमरी



कोरोनाका कारण विश्व नै त्रसित भएको छ । यसको रोकथाम गर्न सम्पूर्ण देशहरु लकडाउनको अवस्थामा छ । सर्वसाधरणहरु महामारीको चपेटमा छन् । मानिसमा भोकमरीको अवस्था सिर्जना भइसकेको छ । दैनिकी गरी खाने मानिसको अवस्था जटिल बन्दै गएको छ । यस्तै समस्यामा परेका छन् सँसारभरका यौनकर्मी ।

सँसारका कतिपय मुलुकमा यौन व्यापारलाई वैधानिकता दिइएको छ । वैधानिकता नदिइएका मुलुकमा पनि यौन व्यापार चल्दै आएको छ । त्यसैले दैनिक काम गरेर खानेमध्ये यौनकर्मीहरु समेत हुन् । माहिनौँ देखि जारी लकडाउनले उनीहरुलाई बर्तमान र भविष्य अन्धकारमा रहेको महसुस गरेका छन् ।

समाजबाट बहिस्कृत भिन्न सामाजलाई कसले पो सहारा देला भन्ने दुख व्यक्त गदैंछन् । वर्षै देखि दैनिकी पेशामा आधारित उनीहरुको जीवनमा ठूलो असर परेको छ । लकडाउनका कारण उनहरुलाई ग्राहक भेट्न सकेको छैन् । उनीहरुलाई आफ्नो दूई छाक गाँसको व्यवस्था समेत भएको छ्रन् ।

सम्पूर्ण देशका यौनकर्मीहरु मारमा परेका छन् । कतिपय देशले आफ्नो लकडाउन समेत खुकुलो पार्ने योजना अघि सारेको छ । खुकुलो गर्दा रेस्टूरेन्ट, मल, क्याफे जस्ता ठाउँ खोल्ने विषय आइरहेको छ ।तर, यौनकर्मीलाई सम्पूर्ण सरकारहरुले वेवास्ता गरे जस्तै भएको उनीहरुको भनाई छ । विदेशमा रहेको यौनकर्मीहरुले अनलाइन प्रविधिबाट केही हदसम्म सहयोग उठाउँन सफल रहे भने एसियाका गरिब मुलुकका यौनकर्मीहरुलाई कसले सहयोग गर्ने भन्ने विषय उजागर भएको छ । आफूहरुले चाहेपनि महामारीका कारण यौन सम्पर्क नभएको उनीहरुको गुनासो छ ।

समय समयमा प्रहरी प्रशासनले उक्त क्षेत्रहरुमा निरिक्षण गर्न आउने समेत उल्लीखित छ । बंगलादेशको योैनशाला अत्यधिक ठूलो र जनसंख्या पनि बढी भएको छ । त्यस क्षेत्रमा करिब १५ सय यौनकर्मी र चार हजार बच्चाहरु बस्ने गर्दछ । उनहरुको दैनिकी निकै कठिन भएको देखिन्छ । सहयोग कसैलै नगरेको र थप उत्पीडन पनि भोग्नु पर्ने बाध्य रहेको जनाइएको छ । छिट्टै सरकारहरुले जटिल बन्दै गएको समस्गालाई न्यनीकरण गरेनभने अवस्था गम्भीर हुने छ ।

यौन व्यवसायीका कोठीहरु खुले पनि यसले व्होरेको क्षतिलाई स्थापित हुन समय लाग्ने समेत उनीहरुको भनाई छ । उनीहरुले समयमा काम गर्न नसके भविष्ये अन्यौलमा हुने जनाइएको छ । त्यसप्रति सरकार र सरोकारवालाहरु प्रभावकारी ढंगले प्रस्तुत हुन् उनीहरुको आग्रह रहेको छ । उनीहरु आफूलाई पनि देशको नागरिको हैसियतले आग्रह गरेको र राज्यको समेत यौनकर्मी प्रतिको दायित्व निर्वाह गर्नुपर्ने जरुरी रहेको छ ।-एजेन्सीको सहयोगमा Photo Source: BBC

 



प्रतिक्रिया दिनुहोस्