Logo

बोर्डरमा नेपाली सेना पुग्नुपर्छ, अब सिधै एक्सनमा जानुपर्छ, ठोक्ने हो अहिले त : डा. अञ्जनीकुमार झा (भिडिओसहित)



काठमाडौं, २१ जेठ । डा. अञ्जनीकुमार झाले नेपाल र भारतबीचको सिमा विवाद समाधानको लागि एक्शन लिनुपर्ने बताएका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पत्रकार धमलाले हाम्रो देशको सिमा विवाद कसरी समाधान गर्ने ? लिम्प्यिाधुरा, लिपुलेक र कालापानी कसरी फिर्ता ल्याउने ? भनेर सोधेको प्रश्नमा झाले भने,’यो प्रश्न तपाईले किन सोध्नुभाको ? किन मनमा आको ? आज मलाई भन्नुहोस, यो समस्या आज यदि अरु मुलुकमा भएको भए के हुन्थ्यो ? म कल्पना गर्छु नेपालमा, नपालको ईतिहासमा मात्रै हामी यति वीर थियौं भनेर खाली गौरवमात्रै गाउने बेला हो र भन्या ? अहिलेको बेलामा ईतिहास रच्ने कुरो छ । हाम्रो सिमा जुनसुकै मुलुक होस्, हाम्रो त दुईतिर ठूला-ठूला मुलुकहरु छन्, जनसुकै मुलुक होस, हाम्रो सिमाभित्र आँखापनि देखायो भने हामी एक्सन गर्नुपर्छ ।’

झाले भने,’एक्सन गर्नपर्यो । हामीसँग सेना छैन ? हामीसँग प्रहरी छैन ? भारतसँग भीड्न सकिन्छ ? भनेर सोधेको प्रश्नमा उनले जंगिदै भने, किन नसक्ने ? किन हिम्मत नगर्ने ? आखिर युनाईटेड नेशनमा नेपाल हुनुपर्ने कारण के त ? डराई डराई बस्ने ? लिपुलेक, लिम्पियाधुरा र कालापानीमा नेपाली सेना पुग्नुपर्छ । सिधै एक्सनमा जानुपर्छ । अनिमात्रै अन्तर्राष्टियकरण हुन्छ । अनिमात्रै टेबुल टक हुन्छ । टेबुल टक गर्नको लागि पनि तपाई बलियो भएर जानपर्छ । हामी सधैं वीरता गाउँदै हिँड्ने हो र ? वीरता देखाउने बेला आईसक्यो । ठोक्ने हो अहिले त । अनि बल्ल टेबुल टक गर्न जाने हो । वार्तामा जानुभन्दा अगाडि हाम्रो सेना बोर्डरमा हुनुपर्छ । नेपाली सेना बोर्डरमा जाने । जहाँ-जहाँ समस्या छ, त्यहाँ-त्यहाँ जाने । यसबारेमा सोच्नैपर्दैन् ।’



प्रतिक्रिया दिनुहोस्