Logo

चक्रवात निसर्गको नेपालमा प्रत्यक्ष प्रभाव, मेघगर्जनसहित वर्षा हुने



काठमाडौं, २२ जेठ । चक्रपात निसर्गले भारतको महाराष्ट्र र गुजरातमा भारी वर्षा र आँधी ल्याएको छ । यो विस्तारै कमजोर भई भारतको भुभाग हुँदै पश्चिम र मध्य नेपालतर्फ अगाडि बढ्ने देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो मौसम प्रणाली नेपालको नजिक वा आसपास आएको अवस्थामा मौसममा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ । महाशााखाले प्रदेश १ बाहेक बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षा भएको जनाएको छ ।

आज राति सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू-भागमा मौसम सामान्य बदलि रहनेछ। सुदुरपश्चिम प्रदेश , कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाकी प्रदेशका भू-भागमा एक-दुई स्थानहरुमा मेघगर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिम वायु, अरब सागरमा रहेको न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्