Logo

३९ वर्षकी महिलाको प्रेममा ७७ वर्षीय प्रधानमन्त्री पागल, विवाह गर्न पहिलो पत्नीको हत्या !



सन् २०१७ मा मारिएकी पत्नीको विषयमा लेसोथोका निवर्तमान प्रधानमन्त्री थोमस थाबानेले पद गुमाउनु परेको थियो । दक्षिण अफ्रिकाले घेरिएका भुपरिवेष्ठित सानो पहाडी मुलुक लेसोथोमा यो घटनाले दुई महिलाको शक्तिसंघर्ष पनि देखाएको छ । त्यतिबेला थाबाने ७७ वर्षका थिए भने उनकी प्रेमिका मैसाइहा ३९ वर्षकी थिइन् । उनी आकर्षक थिइन् जसको प्रेममा थाबाने पागल बने ।

घटनामा पूर्व प्रधानमन्त्री पत्नी लिपोलिओ थाबानेको हत्यामा अनुसन्धान अगाडि बढ्दा प्रधानमन्त्रीमाथि समेत आशंका गरियो । त्यसपछि उनकी हालकी पत्नी मैसाइहामाथि अनुसन्धान गरी पुनः पक्राउ गरिएको छ ।

लेसोथोमा यो घटनाले तरंग ल्याएको छ । ८० वर्षीय थोमसमाथि आफ्नै पत्नीलाई पदबहाली हुनुभन्दा दुई दिन अघि गोली हानी हत्या गरेको आरोपमा अनुसन्धान बढेको हो । दुवैबीच पारपाचुकेको प्रक्रिया बढेको थियो । ५८ वर्षीया लिपोलिओ घरबाहिर राजधानीमा मारिएकी थिइन् । लिपोलिओले पारपाचुके गर्न अस्वीकार गरेकी थिइन् । उनी लोसोथोको प्रथम महिला हुन चाहन्थिन् । हत्याको कारण पारपाचुके गर्न नचाहेको र थेमिसले ४२ वर्षीया मैसाइहासँग विवाह गर्न चाहेको हो भन्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

थोमस थबानेले जेठी पत्नी मारिएको दुई महिनापछि मैसाइहासँग विवाह गरेका थिए । मैसाइहा विवादास्पद महिला हुन् । उनीमाथि लेसोथोको राजनीतिमा हस्तक्षेप गरेको आरोप लागिरकेको छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्