Logo

सलह नेपाल आउने सम्भावना न्यून



काठमाडौँ, २२ जेठ । यतिबेला आम मानिसबीच कोरोना भाइरसबाहेक अर्को एउटा जैविक जीव सलहको चर्चा निकै छ । अफ्रिकाको केन्या, इथियोपिया, सोमालिया, सुडान, पाकिस्तान पसेको सलह यतिबेला भारत आइपुगेको छ ।

करोडौँको हुलमा रहेको सलहले त्यहाँको बाली खाइरहेका छन् । यो कीरा नेपाल आइपुग्छ रु कृषिप्रधान देश नेपालको बालीनाली कति नष्ट गर्छ रु सबैको चासोको विषय बनेको छ । यदि नेपाल भित्रिएमा यसले करिब चार दिनभित्र सबै नेपालको भूभागमा विचरण गर्न भ्याउँछ ।

नेपालमा यो कीरा आउन सक्ने तत्कालको सम्भावना न्यून रहेको विज्ञ बताउँछन् तर आउँदैन भन्न सक्ने अवस्था पनि नरहेको त्रिभुवन विश्वविद्यालयका किटविज्ञ डा। प्रेमबहादुर बुढाले बताएका छन् । उनका अनुसार हालै भएको अध्ययन अनुसार नेपालमा तत्काल आउन सक्ने अवस्था अन्य देशको तुलनामा कम छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्